राष्ट्र निर्माणका लागि सक्षम एवं योग्य व्यक्तिको आवश्यकता पर्दछ । त्यसका लागि राष्ट्रले विभिन्न तरिकाले लगानि गरिरहेको हुन्छ साथै आशा पनि राखि राखेको हुन्छ कि राष्ट्रलाई अप्ठ्यारो साथै आवश्यक परेको जुनसुकै समयमा पनि युवाहरुको सहयोग लिन सकियोस् । हाल सक्षम र योग्य युवाशक्तिहरुको विदेश अध्ययनको रुचि र चाहना बढ्दै गईरहेको देखिन्छ । यसका लागि राम्रा,आकर्षण साथै भरपर्दो कार्यक्रमहरू ल्याउनु पर्ने देखिन्छ। जसले गर्दा युवा शक्तिको झुकाव र देशप्रति माया बढाउने काम गरोस ।
यसका लागि स्काउटिङ्गका विविध निम्नानुसारका क्रियाकलापले महत्वपूर्ण र सहजीकरणको भूमिका खेल्न सक्नेमा हामी सबै विश्वस्त छौं ।
स्काउटिङ्ग भनेको के हो, किन र के का लागि गरिन्छ ?
"Scouting Education for life"
- We achieve youth empowerment
- We create active citizens
- We cultivate lifelong values and skill
- We engage in peace education
स्काउटिङ्ग एक शैक्षिक आन्दोलन हो । शैक्षिक आन्दोलन भन्नाले स्काउटहरू(युवाहरू)का शैक्षिक गुणस्तरलाई विविध क्रियाकलापहरू मार्फत वृद्धि गर्न मद्धत गर्ने पद्धती हो ।
कस्ता कस्ता स्काउटिङ्ग कार्यक्रमहरूबाट युवाहरूका साथ साथै अभिभावकहरू एवं राष्ट्रका लागि उपयुक्त हुनेछ :
अहिलेका बाल बच्चाहरू एवं युवाहरू आफ्ना अभिभावक साथ साथै आफन्त संग घुलमिल र भेटघाट बाट टाढा हुँदै घर भित्रनै खेलिने खेलहरू, डिजिटल भिडियो गेमहरू मात्र खेल्न र त्यसमै भुल्न थालेका छन् जसले गर्दा,शारीरिक,बौद्धिक,सामाजिक एवं पारिवारिक दुरी बढ्दै गईरहेको अवस्था छ । यसबाट पर्न सक्ने नकारात्मक असर बाट बच्न र रोक्न समयमै स्काउटिङ्ग कार्यक्रममा सहभागि गराउनु जरूरी देखिन्छ ।
युवा तथा बाल बच्चाहरूलाई सामाजिक परिवेशमा घुलमिल गराउने र सामाजिक र संस्कृतिका बारेमा ज्ञान दिने, शारीरिक क्रियाकलाप बढाउने कार्यक्रममा भाग लिन मद्धत गर्ने, बौद्धिक कार्यक्रमहरूमा भाग लिन अभिरूचि बढाउने, आवेगात्मक एवं संवेगात्मक कार्यक्रमका बारेमा जानकारी गराई समय सापेक्ष रूपमा कार्यक्रम गराउने साथ साथै आध्यात्मिक कार्यक्रममा सहभागि गराई योग्य अनुशासित व्यक्ति बनाउन सहयोगी भुमिका निभाउने गर्दछ ।
स्काउटिङ्ग कस्का लागि ?
अभिभावकका लागि :
अभिभावकका इच्छा आफ्ना बाल बच्चा प्रति र सोही अनुसार पुरा गर्न सहयोगी भुमिकामा स्काउटिङ्ग
:
अभिभावकहरूका चाहना आफ्ना छोरा छोरीहरू राम्रा साथीभाइहरूको संगतमा बस्ने, अभिभावकहरूले भनेको मान्ने, अनुशासित
हुने, पढाईमा ध्यान दिने साथ साथै सबै थोकमा सक्षम योग्यभई आफ्ना लागि, आफ्ना इष्टमित्रहरूका अगाडी र राष्ट्रका
लागि केहि राम्रा काम गरेर देखाउन सक्ने र आफ्नो शिर ठाडो बनाउन सकियोस् भन्ने हुन्छ । त्यसका लागि पूर्वाधार
राम्रो र गतिलो हुनु जरूरी छ ।
स्काउटिङ्ग शैक्षिक आन्दोलन हो जसले युवाहरूको शैक्षिक स्तर वृद्धि गर्न १९०७ देखि निरन्तर रुपमा सफल कार्यक्रमहरू लिएर आईरहेको छ र हाल सम्म पनि उत्तिकै समय सान्दर्भिक र उपयोगी छ ।
अभिभावकका ईच्छा र चाहना पुरा गर्न स्काउटिङ्गका पाठ्यक्रमले सहयोगी भुमिका खेल्दछ, यसमा युवाहरूलाई समुहगत प्रणालीमा (Team system) आवद्ध गराई समूहमा काम गर्ने, समाजमा गई सेवाभाव अभिवृद्धि गर्ने, आफुभन्दा ठूला र सानालाई आदर सम्मान गर्न सिकाउने, आवश्यक परेका समयमा आफै खाना बनाउन सक्ने, र समयको परिपालन गरि समयमा नै सम्पूर्ण जिम्मेवारी पुरा गर्ने तालिम दिईन्छ जसले गर्दा बाल बच्चाहरू र युवाहरू सबैलाई समान व्यवहार गरेर परिवार,समाज र राष्ट्रकालागि सहयोगी र उपयोगी हुन्छ ।
बाल बच्चा र युवाहरूका लागि:
युवाहरूका चाहना र आफ्ना अभिभावकप्रतिको दायित्व पुरा गर्न सहयोगी भूमिकामा स्काउटिङ्ग :
युवाहरूको इच्छा र चाहना व्यक्ति पिच्छे फरक फरक किसिमको रहेको पाइन्छ साथ साथै युवा अवस्थामा हाम्रोनहरू
परिवर्तनका कारणले क्षण क्षणमा तुरुन्तै ईच्छा र चाहनामा परिवर्तन भई रहन्छ जसले गर्दा मन स्थिर नहुने साना साना
कुरामा रिस उठ्ने फर्कने र अरुले बोल्दा पनि मन नपर्ने हुन जान्छ त्यसमा आफ्ना चाहनाहरूमा स्वतन्त्ररूपमा निर्णय
गर्न र पुरा गर्न पाउनु पर्ने, साथीभाईहरूसंग खेल्न, संयुक्त अध्ययनमा रुची, विपरित लिङ्गका साथीहरूसंग घुमफिर
गर्न पाउनु पर्ने इच्छा हुन्छ ।
यस्ता खालका विभिन्न रुची र चाहनामा समय सापेक्ष रुपमा बुझ्न र पुरा गर्न नसकिएमा युवाहरूमा नकारात्मक असर पर्न गई विभिन्न नकारात्मक बाटो तर्फ अग्रसर रहन्छन् । त्यसैले स्काउटिङ्ग कार्यक्रममा सहभागी गराउन सकेमा कुलतबाट छुटकारा पाउन सक्दछन् ।
स्काउटका पाठ्यक्रमले युवाहरूलाई विद्यालय, कलेज र घरको समय भन्दा बाहिर बचेको समयमा अन्य नराम्रा र कुलत संगत देखि टाढा राख्नकालागि, विविध कार्यक्रमहरू जुन समूहमा घर भन्दा बाहिर गएर खेलिन्छ, प्रकृति संग रमाउने, ट्रेनिङ क्याम्पमा बस्ने, साथीभाईसंग मिलेर बस्न सक्ने, हाइकिङ्ग, क्लाइमिङ्ग, साइकलिङ्ग, आदि कार्यक्रमहरू पढाईलाई हानी नपुऱ्याई गराइन्छ । जसले गर्दा युवाहरू रमाई मिहिनेत गर्न र पढ्नमा रुचि बढाउँदछन् ।
विश्व स्काउट संगठनका ५ वटा डाइमेन्सन डाइनामिक्सले युवाहरूलाई स्काउटिङ्ग क्रियाकलापहरूमा सहभागी गराई योग्य व्यक्ति बन्न चाहिने गुणहरू थप्न मद्धत गर्दछ ।
- Physical
- Intellectual
- Social
- Emotional
- Spiritual
मानिसको चाहना असिमित हुन्छ, आफ्नो तथा आफ्नो परिवारको व्यक्तित्व एवं जीवन ३२ लक्षणले युक्त होस् र आफ्नो जीवन एक्स्ट्राथम्ब जस्तो मिठास र प्वास मसला जस्तै सबैले मिठो र सबैले मन पराउने साथ साथै स्वास्थ्यका लागि पनि लाभदायक होस् भन्ने चाहना हुन्छ ।
उच्च जीवन शैली र चरित्र निर्माण ( Career र character ) मा मानिस जस्तो सुकै दुख र मिहिनेत गर्न तयार रहन्छ ।
स्काउटका तरिका (Method) का निम्नानुसारका तत्वहरूलाई लिएर स्काटिङ्ग गरिन्छ र गराईन्छ । जुन यस प्रकार रहेको छ:
- स्काउटका नियम प्रतिज्ञा
- सिक्दै र गर्दै जाने (Learning by doing)
- समुहगत प्रणाली
- व्यक्तिगत पहिचान
- प्रकृति
- युवाहरूको सहयोग
साथ साथै यसका लागि विश्व स्काउटका ५ वटा डाइमेन्सन गतिशीलतालाई छुट्टा-छुट्टै रुपमा बुझनु जरूरी छ ।
१. Physical/शारीरिक :
योग्य व्यक्तिका लागि आवश्यक गुण मध्ये शारीरिक तन्दुरुस्ती जरूरी पर्दछ ।
यसका लागि स्काउटिङ्गका पाठ्यक्रम अन्तर्गत कवाज खेलदाको नियम पालना गर्न, बिरामी बोकेर लैजाने तरिका, पौडी, हाइकिङ्ग, बी.पी व्यायाम गर्न सक्ने, विभिन्न शिविर चलाउन, समूहमा खेलहरू खेल्न र खेलाउन सक्ने, कृत्रिम श्वासप्रश्वासका लागि प्राथमिक उपचारका लागि आवश्यक सीपको प्रयोग गर्न, ऱ्याफ्टिङ्ग, डाइभिङ्ग र रक क्लाइमिङ गर्न, साइकल चलाउन सक्ने र समूहमा साइक्लिङ गर्न सक्ने, योग र ध्यान साथ साथै बी.पी व्यायाम गर्न सक्ने, स्काउटका लागि शारीरिक स्वास्थ्यको साथ-साथै आवश्यक आहारसँग सम्बन्धित क्रियाकलापको योजना बनाउन सक्ने, घर बाहिर खेलिने खेलहरुमा समूहमा सहभागी हुन । प्राथमिक उपचारका सीपको प्रयोग गर्न सक्ने, ऱ्याफटिङ र रक क्लाइम्बिङ गर्न, बी.पी व्यायामको बारेमा अरुलाई सिकाउन सक्ने, समाजका लागि पौष्टिक आहार साथ-साथै स्वास्थ्यसँग सम्बन्धित विचारणीय विषयमा सेसन तयार पार्न, अन्तर क्रू खेलहरुमा सहभागी हुन र योग र ध्यानमा सहभागी हुन मद्दत गरिन्छ ।
माथिका क्रियाकलापले जब शारीरिक तन्दुरुस्त चुस्त हुन्छ तब नया जोस जांगर पाइन्छ ,जसले सृजनात्मक काम गर्न अभिप्रेरित गर्दछ ।
२. Intellectual/बौद्धिक :
योग्य व्यक्तिका लागि र राष्ट्र विकासका लागि बौद्धिक युवा शक्तिको आवश्यक पर्दछ । जसका लागि पारिवारिक, सामाजिक साथ साथै देशको वातावरण समय सापेक्ष हुनु आवश्यक पर्दछ । पारिवारिक र सामाजिक वातावरण आफ्नो अनुकूल बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहन्छ । हाल बौद्धिक युवाहरूको विदेशमोह बढ्दै गइरहेका अवस्था छ यसका रोक थाममा लागि उपयुक्त कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ ।
स्काउटिङ्गका पाठ्यक्रम अर्न्तगत राष्ट्रिय झण्डाको महत्व, झण्डोतोलन र अनुत्तोलन गर्न सक्ने, विश्व स्काउटका संगठन र विश्व गर्ल स्काउट संगठनका बारेमा व्याख्या गर्न, क्रू, नेपाल स्काउटको संगठनात्मक ढाँचाको समूहमा चर्चा गर्ने, नेपाल स्काउटको इतिहासको जानकारी राख्ने, डोरी र गाँठोको उपयोग गर्न सक्ने, रोड सेफ्टीको नियम पालना गर्ने, प्राथमिक उपचारको झोला तयार गर्न र उपयोग गर्न सक्ने, समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साथीहरु संग कार्यक्रम गर्न सक्ने, पाच चट्टानको बारेमा भन्न सक्ने, द्वन्द व्यवस्थापन गर्न, लर्ड र लेडी बेडेन पावेलको इतिहास व्याख्या गर्न, WOSM / WAGGGS को चिन्ह र झण्डाको व्याख्या गर्न सक्ने, Master of Ceremony(MC) को भूमिका निर्वाह गर्न र सहभागी हुन, सुचना र संचार प्रविधिको बारेमा जानकार हुन, बैकखाता खोल्न र कारो बार गर्न सक्ने, राष्ट्रिय विभूतिहरु र आदर्श व्यक्तिको बारेमा जानकार हुन, विभिन्न गाँठोहरुको उपयोग, प्रयोग गर्न साथ साथै कम्पासको १६ दिशा रिड गर्न र अरुलाई सिकाउन सक्ने ।
यसरी युवाहरुले माथिका क्रियाकलाप गरिसकेपछि आफ्नो बौद्धिक स्तर उच्च र चुस्त बनाई सकेपछि आफ्नो शैक्षिक स्तर बुद्धि गर्न सक्छन साथै पढ्ने रुचि बढाउन सक्छन् सबैमा आफ्नो विचार राख्न सक्ने हुन्छन् आफूसंग भएको ज्ञान बाड्न सक्छन् ।
३. Social र सामाजिक :
मानिस एक सामाजिक प्राणी हो । मानिस अनुसार फरक फरक सोच विचार हुन्छ । कोहि कम बाल्ने, को ही नबोल्ने र कोहि बढि बोलने । यी तिन थरीनै जीवनका लागि अनुपयुक्त हुन्छ, जसले आफ्ना चाहनालाई पुरा गर्न अवरोध गर्दछ । कस्ता व्यक्तिहरुसंग कसरी बोली व्यवहार गर्ने कुराहरुको जानकार नहुंदा जीवन जीउन असहज भैदिन्छ । तसर्थ स्काउट कार्यक्रमले यसलाई पुरा गर्न थप मद्दत गरिरहेको हुन्छ ।
स्काउटिङ्ग पाठ्यक्रम अर्न्तगत युवाहरु लाई सामाजिक काममा संलग्न गराइन्छ, सरकारी ऐन नियम र कानुनको पालना गर्न गराउन सहयोग गर्न, जेष्ठ नागरिकको सम्मान र स्याहार गर्न सक्ने, सर्भिस क्याम्पमा सेवा पुर्याउन, स्काउटका साथ साथै क्रूका लागि अर्थ संकलन गर्न सक्ने, राष्ट्रिय स्तरमा मित्रता कायम गर्न, सेवा क्याम्पहरूमा सहभागीहुन र सेवा गर्न,स्काउटका कार्यक्रमहरूमा सहयोग र सहभागी हुन, सामुदायिक सेवा र विकास योजना तर्जमा गर्न, प्राकृतिक प्रकोपमा र अन्य सामुदायिक कार्यक्रममा सेवादिन, क्रूको दलसभा संचालन गर्न, स्वदेश तथा विदेशी पर्यटकहरूलाई सहयोग र मार्गनिर्देश दिन र अर्न्तर्राष्ट्रिय स्तरमा मित्रता विकास गर्न सहयोग गर्ने ।
युवाहरूको सफल जीवनका लागि सबैभन्दा महत्वपूर्ण कार्य भनेको सामाजिक परिवेश संग घुलमिल गर्न सक्नु सामाजिक, साँस्कृतिक विषयमा जानकार र राख्नु र आवश्यक परेको बेलामा समाजमा गई सेवा गर्न सक्नु र समाजमा रहेका विभिन्न सोच भएका व्यक्तिहरूसंग आफु घुलमिल हुनु सक्नु पर्दछ । यसका लागि स्काउटिङ्गमा लागेका युवाहरूलाई आ-आफ्ना क्षेत्रभित्र रहेका धार्मिक स्थलमा लाग्ने, विशेष पर्वमा गई भक्तजन एवं भिडभाडलाई अनुशासित भई सेवा गर्न र आफु भन्दा साना एवं ठुला एवं वृद्धहरूलाई सम्मानपूर्ण व्यवहार गर्न तयार गरी सेवा गर्न पठाइन्छ, जसले युवाहरूले आफूहरूलाई सामाजिक उत्तरदायित्व प्रति जागरुक गराई सबै संग धक खोलेर आवश्यता अनुसार समाजमा बोल्न सक्ने हुन्छन् ।
साथै समाजलाई आफुले र आफुलाई समाजले चिन्ने वातावरण बनाउन सक्ने बनाउन कोशिश गर्ने गर्दछ ।
मथिका कार्यक्रमले युवाहरूले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सक्दछन् जसले आफुलाई योग्य व्यक्ति साबित गर्न सक्दछन् ।
४. Emotional/संवेगात्मक :
मानिसहरुमा विभिन्न किसिमका विचार आइरहन्छ साधारणतया मान्छेमा देखिनेमा खुसी, दुख, पीडा, हासो, डर, रिस आदि जसका कारणले गर्दा मानिसमा केहि गर्ने जोस जागरण, इच्छा र चाहना पैदा गर्दछ, सो को कारणले मानिसमा धेरै काम गर्ने, एक आपसमा दया माया साथ साथै प्रतिस्पर्धा गर्ने शक्ति सृजना गर्दछ ।
नेपाल स्काउटको पाठ्यक्रम अर्न्तगत युवाहरुलाई समय सापेक्ष रुपमा विभिन्न तालिम र सहभागिता क्रूको नेतृत्वमा हुने क्रियाकलापको नेतृत्व लिन सक्ने । अन्तर इकाई प्रतियोगितामा इकाईलाई नेतृत्व प्रदान गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा भागलिने र ग्रान्ड क्याम्पफायर कार्यक्रमको आयोजना गर्ने, सक्षम नेतृत्व, शैली र व्यक्तित्वको बारेमा व्याख्या गरि बुझाउन सकन सहयोग गर्ने, आफ्ना वरपर भएका विकास सम्बन्धी क्रियाकलापहरु पहिचान गर्ने । समुदायको सेवा र विकास कार्यमा समूहलाई नेतृत्व गर्ने,आफ्ना तल्लोतहका स्काउटहरूलाई दक्षता ब्याजहरुलिन तयार गर्ने, भ्रातृत्व तथा भगिनित्वको भावना विकास गर्ने, विकास कार्यक्रमले वातावरणको बारेमा परेका प्रभाव सम्बन्धी छलफल गर्ने।
स्वच्छ छवि बनाउन सकिने कार्यक्रममा सहभागी हुने र साथीहरुलाई पनि सहभागी हुन प्रोत्साहन गर्ने, युवाहरू राष्ट्रिय विकासमा सरिक हुन प्रोत्साहन गर्ने,नैतिकवान र समर्पित हुन अरुलाई प्रोत्साहित गर्ने, युवाहरूको विकास कार्यक्रममा आफूलाई प्रस्तुतीकरण गरी सीप विकास गर्ने गर्दछ ।
यस प्रकारका तालिमले युवाहरु ले अनुशासित भई आफुभित्र उत्पन्न हुने क्षणिक नराम्ना आवेगहरुलाई नियन्त्रण गर्नसक्ने शिक्षा प्रदान गर्दछ ।
५. Spiritual/आध्यात्मिक :
समाजमा विभिन्न प्रकारका धार्मिक आस्था बोकेर बसेका मानिसहरु हुन्छन । ती सबैसँग मिलेर बस्न सक्ने, सबैलाई मिलाएर आवश्यक परेको समयमा सेवा लिन र दिन सक्ने हुन पर्दछ ।
स्काउटका पाठ्यक्रम अर्न्तगत यसमा युवाहरूलाई ध्यान र योग कार्यमा संलग्न हुन र अरुलाई सिकाउन सक्ने बनाउने,समूहभित्र असल वातावरण बनाई राख्ने भूमिका निर्वाह गर्न सक्ने, आफ्नो भावना व्यक्त गर्न सक्ने, हरेका मानिसको गुण, दोष,विचार रविशवासका बारेमा समूहमा छलफल गर्न सक्ने । बादविवाद परेको विषयमा आफ्नो सहिनिर्णय दिन सक्ने ।
धर्म सभा संचालन गर्न, बिना कुनै अत्याचार, विभेद र निषेध स्व मूल्य प्रणालीको ढाचाको विकास गर्ने,अनुसन्धान र विश्लेषण गर्ने, जीवनप्रति राम्रा आशा र विश्वासको लागि सकारात्मक सोच राखि अरुलाई सकारात्मक सोचको विकास गर्ने र सो को बारेका व्याख्या गर्न सक्ने, अरुको कुरा सुन्ने क्षमताको विकास गर्ने र परेका समस्याको समाधान पत्ता लगाउने । यसरी युवाहरूलाई स्काउटिङ्गका विभिन्न खालका सामाजिक सेवा, विभिन्न धार्मिक मेलाहरुमा सहयोग गर्न, आपतक लिन समयमा सहयोग गर्न सक्ने विभिन्न प्रकारका तालिमहरुमा भाग लिन लगाई सबैसँग मिलिजुली बस्ने, जे जस्तो अवस्थामा जे खान र बस्न पाईन्छ त्यहि अनुसार चल्न सक्ने बनाउन मद्दत गर्दछ जसले गर्दा सबैसँग मिलेर अनुशासित रुपमा आफुलाई योग्य व्यक्ति साबित गर्न मद्दत गर्दछ ।
समग्रमा मानिसले मिहिनेत र दुख गर्ने भनेको आफ्नो असल चरित्र निर्माण, जीवन उपयोगी ज्ञान र जीवनचर्या (Career) उत्कृष्ट बनाउनका लागि हो ।
यसका लागि स्काउटका विभिन्न समुहगत कार्यक्रममा भागलिन प्रोत्साहित गर्ने, समूहमा छलफल गर्ने जसले गर्दा सकारात्मक परिणाम प्राप्त गर्न युवाहरूलाई मद्दत मिल्दछ । साथै यसमा तालिम प्राप्त स्काउटर एवं प्रशिक्षकहरूले निस्वार्थ भावले सहयोगीको भूमिका खेल्दछन् ।
स्काउटर एवं प्रशिक्षकहरू भनेका स्काउटक(युवाहरू) का लागि गुरु, अभिभावक, आमा बाबु साथै साथी पनि हुन, जसले सम्पूर्ण कुरा र व्यवहारमा साथ दिन सक्ने हुन्छन् ।
समग्रमा भन्ने हो भने स्काउटिङ्ग तालिमले युवाहरूलाई सहि तालिम र शिक्षा दिन्छ जसले व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर का कार्यक्रम संचालन गर्ने खुबीको विकास गर्न सक्ने साथ साथै सबैसँग मिलेर समूहगत रुपमा सामूहिक आवश्यकता पुरा गर्न सक्ने खुबी राख्न सक्ने हुन्छन् । यसले गर्दा आफुलाई, अभिभावकलाई, आफुसंग आवद्ध क्रूलाई, र राष्ट्रलाई समेत फायदा पुऱ्याउदछ ।
जय स्काउट
The spirit is there in every boy; it has to be discovered and brought to light. - B.P
When you want a thing done, 'don't do it yourself' is a good motto for scout Masters. - B.P
We never fail when we try to do our duty; we always fail when we neglect to do it.
Success in training the boy depends largely on the scout Masters own personal example. - B.P